२०८३ असार २ मंगलवार ०५

पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच सुरू

 

काठमाडौं । पशुपति क्षेत्रमा विगत लामो समयदेखी रोकिएको ऐतिहासिक लाखे झ्यालिन्छ नाच श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएको छ । जयवागेश्वरी, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनःरुत्थान गरिएको भण्डार तहविलका द्वारे रामकृष्ण डंगोलले बताए ।

उनले लामो समयदेखी रोकिएको नाचको स्थानीय संस्कृति तथा सम्पदाप्रेमीहरूको सक्रियताबाट पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको बताए ।

श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो नाच सञ्चालन हुनेछ ।  पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चिरशान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घर–घरमा समेत प्रदर्शन गरिने प्रचलन रही आएको छ ।

विगतमा लामो समयदेखी रोकिएको ऐतिहासिक परम्परा केहि वर्ष अगाडीबाट शुरूवात भएको हो । यो परम्परालाई निरन्तरता दिने कामपा ८ का वडाअध्यक्ष आशामान संगत, स्थानीयवासी, संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता रहेको छ ।

२०८२ श्रावण १४, बुधबार १२:३६ गते 1 Minute 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।