२०८३ असार २ मंगलवार ०५

काभ्रेमा चिप्लिएर दुईजनाको मृत्यु

काठमाडौं । काभ्रेमा बाटोमा चिप्एिर दुईजनाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ७ की एककुमारीको मृत्यु भएको हो । घाँस बोकेर फर्कनेक्रममा एककुमारी राउतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लडे घाइते भएकी ५० वर्षीया राउतको उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी बेथानचोकमा चिप्लिएर अर्का एकजनाको मृत्यु भएको छ । बेथानचोक ५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको बाटोमा चिप्लिएर मृत्यु भएको छ।

डेरीमा दूध पुर्‍याउन जाने क्रममा उनी लडेर घाइते भएका थिए । टाउकोमा चोट लागेक उनको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

२०८२ श्रावण १३, मंगलवार २३:३० गते 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।