काठमाडौं । आपतविपद र विभिन्न रोग लागेर उपचारमा समस्या भएका पत्रकारलाई आर्थिक सहयोग गर्न पत्रकार महासंघ चितवनले अक्षयकोषको सुरुवात गरेको छ । चितवनमा ठूलो सँख्यामा कृयाशील पत्रकार कार्यक्षेत्रमा रहेको र भविष्यमा आइपर्न सक्ने स्वास्थ लगायत आर्थिक संकटमा सहयोग गर्ने उद्देश्यले पत्रकार महासँघ चितवनले स्थापना गरेको कल्याणकारी अक्षयकोषमा रकम जम्मा गर्ने क्रम बढ्दो छ । महासंघले यस अभियानमा जोडिन सबैलाई सार्वजनिक रुपमा आह्वान समेत गरेको छ । अक्षयकोषको लागि सहयोग गर्न चाहनेले पत्रकार महासंघ चितवन शाखाको प्राइम बैंक भरतपुर शाखामा रहेको खाता नम्बर ००३०१००००००१७२४००१७० मा रकम जम्मा गर्न सकिन्छ । बैंक खाताको नाम Federation of nepali journalists-chitwan रहेको छ । पहिलो चरणमा कोषको रकम १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको उक्त कोषमा महासंघ चितवनका अध्यक्ष अध्यक्ष वसन्त पराजुलीले २५ हजार प्रदान गरेका छन् । पराजुलीले शाखाका कोषाध्यक्ष कृष्ण आचार्य र सचिव राजेश घिमिरेलाई रकम हस्तान्तरण गर्दै अन्य साथीहरूलाई पनि आफूले सकेको सहयोग गर्न आह्वान गरेका छन् ।







