२०८३ बैशाख १६ बुधबार १२

बजेटमा बालबालिकाको सवालबारे अन्तर्क्रिया

सिर्जनशील समाज नेपालको आयोजना तथा बागमती प्रदेशको समन्वयमा बागमती प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा बालबालिकाको सवाल बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रि सरस्वती बस्नेतको प्रमुख आतिथ्यमा तथा राष्ट्रिय बालअधिकार परिषदको निर्देशक मिलनराज धरेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा मन्त्री बस्नेतले बागमती प्रदेशले आगामी बजेटमा बिगतमा जस्तै प्रथमिकतामा राख्ने बताउदै प्रदेशलाइ कसरी छिटो भन्दा छिटो बालमैत्री प्रदेश बनाउन सकिन्छ भन्ने तर्फ प्रदेश सरकार उद्दत रहेको बताउनु भयो ।

कार्यक्रममा बालबालिकाको सबै खाले समस्या र सम्भावनाका सन्दर्भमा मन्त्रालय र प्रदेश सरकार गम्भीर रहेकाले अपेक्षित बजेट सहित प्राप्त सुझावका आधारमा कार्यक्रम छनौट हुने जानकारी मन्त्री बस्नेतले दिनुभयो ।

कार्यक्रममा बोल्दै विशेष अतिथी मिलन राज धरेलले प्रदेश सरकारले बालबालिकाका लागि दिर्घकालिन बजेट बनाउन मन्त्री सँग आग्रह गर्नु भएको थियो ।

राष्ट्रिय बाल अधिकार परिषदले सरकरले लिएको लक्ष अनुरुप काम गरि रहेको बताउनु भयो ।

 

सडक बालबालिकाको उद्दार देखि बालमैत्री देश बनाउन सबै खाले पहलकदमी लिन संस्था तयार रहेको धरेलले बताउनु भयो ।

उक्त कार्यक्रममा बागमती प्रदेशको १३ वटा जिल्लाहरू बाट बालबालिकाहरुको सहभागिता रहेको थियो ।

सहभागी भएका बालबालिकाले बालअधिकारको पक्षमा रहेर सुझाव दिएका छन ।

कार्यक्रममा बालबालिक संगै बालबालिकाका क्षेत्रमा काम गर्ने कृयाशिल बाल अधिकार कर्मिहरुले विभिन्न सुझाब दिएका थिए ।

बालबालिकाबाट प्राप्त सुझाब लाई प्रथमिकता दिने बाग्मती प्रदेश बालबालिका शाखा प्रमुख बद्री वाग्लेले बताएका छन ।

साथै आगामी दिनमा पनि बागमती प्रदेश बालबालिकाको क्षेत्रमा नेपालको पहिलो बालमैत्री प्रदेश बनाउन आवस्यक कदम चाल्ने पनि वाग्लेले बताए ।

२०७८ जेष्ठ १९, बुधबार ०२:३२ गते 1 Minute 853 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार