२०८३ भाद्र ३० मंगलवार ०३

विद्या भण्डारीको सदस्यता नवीकरण स्वत निष्क्रिय भयो : पोखरेल

काठमाडौ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्वतः निष्क्रिय भएको बताएको छ ।बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताएका हुन् ।केन्द्रीय कमिटीले नै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा अब प्रवेश गर्नै परेन, महासचिव पोखरेलले भने ।महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन नहुने बैठकले निष्कर्ष निकालेको पनि बताए । उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भनेर हामीले निष्कर्ष निकालेका छौँ । अब सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भयो ।’

२०८२ श्रावण ७, बुधबार २०:४६ गते 0 Minutes 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।