‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णयमा नेताहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति जनाएका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको यस्तो निर्णयसँगै भण्डारीको एमालेमा सक्रिय राजनीति गर्ने तयारी असफल हुने भएको छ । एमालेले पार्टी विधानको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए । एमालेले पार्टी र राष्ट्रले दिएको सम्मानमा कुनै कमी नहुने जनाएको छ ।
तर भण्डारीले आजमात्र आफू पछाडि नफर्कने घोषणा गरेकी छिन् ।






