२०८३ भाद्र ३० मंगलवार ०३

एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ । हालसम्म ३२ जना पोलिटव्युरो सदस्यले प्रतिवेदनमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ । अब ४० जना सदस्यले बोल्न बाँकी छ ।

सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पोलिट ब्युरो बैठकले अनुमोदन गर्ने उहाँले जानकारी दिए ।

आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ ।

२०८२ श्रावण ३, शनिबार १८:५५ गते 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।