२०८३ भाद्र ३० मंगलवार ०३

एमाले पोलिटब्युरो बैठक

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्ने तालिका छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार शुक्रबार बोल्न बाँकी पोलिटब्युरो सदस्यहरुले आज विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि धारणा राख्ने छन् । शुक्रबार सात जना पोलिटब्युरो सदस्यले विधान संशोधनमाथि धारणा राखेका थिए ।
विधान संशोधन प्रस्तावमा पार्टीको विधान २०७८ संशोधन को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । साथै पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने प्रस्ताव गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ

२०८२ श्रावण ३, शनिबार १५:५४ गते 0 Minutes 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।