२०८३ बैशाख १६ बुधबार ०८

यो नेपालको ब्युटी चिनाउने अवसर हो

काठमाडौँ ।
सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५का लागी प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । अहिले पूर्वका विभिन्न ठाउँमा अडिसन भइरहेको मिस युनिभर्समा सहभागीहरूलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।

उनले नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा यो सौन्दर्य प्रतियोगिता उपयोगी हुने विश्वास लिएका छन् । केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर शुभकामना दिएका हुन् । भेटको क्रममा आयोजक संस्था ‘ग्लोबल ग्ल्यामर भेन्चर’की संगीता पुरी, मिस युनिभर्स २०२४ विजेता सम्पदा घिमिरे लगायतको टिम थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘अन्तर्राष्ट्रियस्तरको मिस युनिभर्स प्रतियोगिताको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागिरहेको छ । नेपाललाई चिनाउने, नेपालको ब्युटी चिनाउने, नेपालको ट्यालेन्ट चिनाउने, अवसर हो । यस अवसरलाई हाम्रा चेलीले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

मिस युनिभर्स नेपाल २०२५को अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भैसकेको छ । पूर्वका दुई ठाउँमा ४० जनाको अडिसन भएको र अब चितवन, पोखरा, बुटवल लगायतका ठाउँमा अडिसनको तयारी भइरहेको आयोजकले जनाएको छ ।

२०८२ श्रावण २, शुक्रबार २२:४८ गते 0 Minutes 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार