नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिवर्तन उल्टाउन खोज्ने शक्ति सक्रिय भएर लागेको बताएका छन् । राजधानीको एक कार्यक्रम पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले युवाहरुलाई संगठित र परिचालन गरेर राजनीति अधिकार स्थापित गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन पनि दिए । समृद्धिको लागि श्रम र उत्पादनमा प्रचण्डको युवाहरुलाई आग्रह थियो । सरकार नै शुसासनका विरुद्धमा रहेकोले पार्टीमा आवद्ध युवा विद्यार्थीलाई भ्रष्टाचारका विरुद्धमा प्रतिकार गर्न पनि निर्देशन दिए ।
सामाजिक न्यायको पक्षमा लाग्न आग्रह गर्दै यो सरकारले जहाँ टेक्छ त्यही भ्रष्टाचार गर्छ भने ।






