काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्षलाई निलम्बन गरेको छ । विमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गरेको हो । उनको निलम्बनमा कार्यानुभव र फर्जी कागजात देखाइएको छ । निलम्बित ओझामाथि छानबिन गर्न न्यायिक समिति बनाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ जसमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन् ।






