काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक रिहा भएका छन् । संविधानले नचिन्ने भाषामा पूर्व राजालाई श्री ५ महाराजाधिराज लेखेका कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो । अबदेखि श्री ५ महाराजधिराज नलेख्ने सर्तमा उनलाई परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । पूर्व राजाका बारे विज्ञप्ती निकाल्दा पाठकले उक्त भाषा प्रयोग गर्दै आएका थिए । ज्ञानेन्द्र शाहलाई अबदेखि श्री ५ महाराजाधिराज नभन्ने, महाराजाधिराज भनेर फेसबुकमा गरिएका पोस्ट हटाउने र अबदेखि विज्ञप्ति निकाल्दा पनि यस्तो भाषा प्रयोग नगर्ने कागज गराएर उनलाई छोडिएको प्रहरीले जनाएको छ ।






