२०८३ बैशाख १६ बुधबार १२

जन्मदिनमा राहत वितरण

भकुण्डे । 

कोरोना भाइरसको दोस्रो भेरियन्टको प्रभाव बढेसँगै नेपालमा निषेधाज्ञा जारी भएको पनि लामो समय भइसक्यो । यस्तो विषम् परिस्थितिमा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई भने निकै धाैधाै परेको छ ।

नमोबुद्ध न.पा. – २ का RJ रामेश्वर श्रेष्ठले भने यस्तो परिस्थितिमा आफ्नो हजुरआमाको जन्मदिनको अवसरमा छिमेकमा रहेका ज्याला मजदुरी गरी जिविका चलाउँदै आएका ६ परिवारलाई राहत उपलब्ध गराएका छन् ।

प्रति परिवार १ बोरा चामल, २ के.जी. दाल, १ लिटर तेल र १ प्याकेट नुन सहितको राहत प्याकेज तयार गरी हन्तान्तरण गरेका हुन् ।

त्यस्तै २०७८ जेष्ठ १६ गते आइतबार प्रहरी चाैकी भकुण्डेलाई समेत ५ बक्स मास्क, ५ लिटर स्यानीटाइजर र 100 एम एल को ५ ओटा पोर्टेबल स्यानीटाइजर हस्तान्तरणा गरेको थियो ।

उक्त कार्यक्रम ग्रेस कम्युनिटी क्लब भकुण्डेको समन्वयमा सम्पन्न भएको थियो । यस्तो परिस्थितिमा सबैजनाले आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नुपर्ने, यस्ता सहयोग गर्न राज्यलाई पर्खिबस्नु नपर्ने विचारका कारण सहयोग गरेको भनी RJ रामेश्वर श्रेष्ठले खुलाए ।

त्यसैगरी आ-आफ्नो क्षेत्रबाट स्वतःस्फूर्त रूपमा सामाजिक कार्य गर्न चाहने व्यक्तिहरूसँग हातेमालो गर्दै अझ प्रभावकारी ढंगबाट लाग्न ग्रेस कम्युनिटी क्लब भकुण्डेका अध्यक्ष साजन श्रेष्ठले आह्वान गरेका छन् ।

२०७८ जेष्ठ १८, मंगलवार ११:५६ गते 1 Minute 1059 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार