२०८३ भाद्र ३० मंगलवार ०३

मुलुकको अर्थतन्त्रमा सुधारः  प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गतवर्षको तुलनामा  यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म रु १० खर्ब ९७ अर्ब राजस्व सङ्कलन गरिएको जानकारी दिए ।  “अर्थतन्त्रमा प्रष्ट सुधार १ हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब बढेर ६१ खर्ब पुगेको छ ।  राजस्व गत वर्षभन्दा एक खर्ब आठ अर्ब बढेको छ । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी । आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३ दशमलव ८७ प्रतिशत,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

२०८२ असार २७, शुक्रबार २०:२८ गते 0 Minutes 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।