२०८३ असार २ मंगलवार ०९

काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार अपराह्न ४ बजेतिर काठमाडौं महानगरपालिका–६ बौद्धस्थित साढे तीन तले घरको भुइँ तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

मृतक ६५ वर्षीया उर्मिला तामाङ छिन्। उनी काभ्रे चौरीदेउराली३ की हुन्।

उनी बस्ने कोठामा आगलागी भएको खबरपछि प्रहरी र स्थानीय खटिएका थिए। सवा ४ बजेतिर उक्त कोठामा लागेको आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट उर्मिलाको मृत्यु भएको हो। उनी अपांगता भएकी महिला हुन‍्। प्रहरी वृत्त बौद्धले घटनाको अनुसन्धान तथा मुचुल्का गरिरहेको छ।

२०८२ असार २७, शुक्रबार ०५:१८ गते 0 Minutes 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।