२०८३ जेष्ठ ११ सोमबार १४

२ करोड भ्रष्टाचार गरेको पुष्टि पछि सेनाका सहायक रथी खड्का र मेजर कार्की बर्खास्त

काठमाडौँ । सैनिक विशेष अदालतले २ करोड २१ लाख भन्दा बढी भ्रष्टाचार गरेको पुष्टि गरेपछि हायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ ।

अदालतले सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई भविष्यमा सरकार सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला गरेको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

अदालतले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना भएको ठहर गरेको छ । सैनिक अदालतले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा र सेनानीबाट अवकाश भएका लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरेको छ । थापा पुर्पक्षका लागि थुनामा छन् । अधिकारी अमेरिकामा छन्।

‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला सैनिक अदालतबाट भएको छ,’ प्रवक्ता बस्नेतले भने, ‘अपचलन भएको रकमसमेत दुवै जनाबाट असुलउपर गर्ने पनि फैसलामा छ।’

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको थियो।

सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम वास्तविक रूपमा भुक्तानी गर्नुपर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरूको संलग्नता पुष्टि भएको हो।

२०८२ असार २०, शुक्रबार ०८:२५ गते 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।