कालीकोट ।
जिल्ला सदरमुकामस्थित कोरोना बिषेश अस्पताल स्थापनासँगै सुरु गर्ने भनिएको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर अझैँसम्म प्रयोगमा आउन सकेका छैनन ।
भेन्टीलेटर र आईसीयु खरिद गरेको एक वर्षदेखि कोठाभित्रै थन्कीएका कारणले गम्भीर विरामीलाई जिल्ला बाहिर रेफर गर्नु परिरहेको छ ।
जनशक्ति अभावका कारण कोरोनाका गम्भीर विरामीको उपचार गर्न गत वर्ष भदौँमा स्थापना गरिएको भेन्टीलेटर र आईसीयू सञ्चालन गर्न समस्या भएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदान गरेको बजेटबाट स्वास्थय सेवा कार्यालय कालीकोटले कोभिड बिषेश अस्पतालका लागि एक भेन्टीलेटर र दुई वटा आईसीयु कक्ष स्थापना गरिएको थियो ।
दक्ष जनशक्तीको अभावले आजसम्म सञ्चालनमा आउन सकेका छैनन । भेन्टीलेटर र आईसीयुमा राखेर उपचार गर्नु पर्ने कोरोनाका पाँच जना बिरामीलाई जुम्ला रेफर गरेपछि वास्तबिक समस्या जनशक्ती अभाव भएको बाहिर आएको थियो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले पहिलो कुरा जनशक्ती अभाव हो भने दोस्रो नियमित वत्ती आपुर्ती नहुदा भेन्टीलेटर र आईसीयु सञ्चालनमा ल्याउन समस्या भएको वताउनु भएको थियो ।
वत्तीसँगै दक्ष र आवश्यक जनशक्ति नहुँदा आईसीयू सञ्चालनमा ल्याउन नसकिएको कोभिड विषेश अस्पतालको पनि भनाई छ ।
कोभिड विशेष अस्पपतालका लागि भनेर प्रदेश सरकारले वजेटको दायरा फराकिलो गरि पठाएको थियो । तत्कालिन समाजिक बिकास मन्त्री दल रावलले वजेटको कुनै चिन्ता नगरि चाहिने उपकरण किन्न आदेश गरेका कारण स्वास्थ्य सेवा कार्यालय कालीकोटले भेन्टीलेटर आईसीयु बेड खरिद गरेको थियो ।
बेड आएर जडान गरिएको भएपनि सञ्चालन गर्ने दक्ष जनशक्तीको अभावले गर्दा जस्ताकातस्तै बेड कोठामा राखिएका छन ।
सञ्चालनको समय अझै एकिन छैन
स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक कटकबहादुर महतले वत्तीको ब्यवस्थासँगै अन्य आवस्यक तयारी गर्नु पर्ने भएकाले भेन्टीलेटर र आईसीयु सञ्चालनमा ल्याउन केही समय लाग्ने वताउनुभयो ।
उहाँले जनशक्तीको माग भएको छ अझै आईसीयु नर्स वत्तीको नियमितता नभएका कारणले यो दिन सम्म भेन्टीलेटर र आईसीयु सञ्चालनमा आउछ भन्न नसकिने बताउनुभयो ।
उहाँले र्थिफेज वत्तीको लाइन निरन्तर चल्नु पर्ने हुन्छ । साथै अक्सीजन सप्लाई निन्तर भएमा मात्र भेन्टीलेटर र आईसीयु चल्ने हुदा यि आवस्यक प्रबिधिको निरन्तर आपुर्तीमा समस्या हुँदै आएको वताउनुभयो ।
प्रमुख महतले हामी निरन्तर लागेका छौ । प्रक्रियामै भएकाले कहिले सफल हुन्छौ त्यसपछि मात्र थप जानकारी दिन सकिने बताउनुभयो ।
माग भएको पाच दिन सम्म अक्सीजन दिने सहमती छ । यस्ता जटिल्ताले गर्दा भेन्टीलेटर आईसीयु तत्काल सञ्चालनमा आउछ भन्न सक्ने आधार स्वास्थ्य सेवा कार्यालयलाई पनि छैन ।
अर्को कुरा कालीकोटमा राष्ट्यि प्रशारण लाईन अहिले सम्म पुगेको छैन । जिल्लावाटै उत्पादन गरिएको बिद्युत बिग्रेको एक वर्ष वढि भईसकेको छ ।
जेनेरेटर मार्फत जिल्लामा शनिवार वाहेक दिनमा दुई घण्टा मात्र वत्ती आउने भएकाले कोभिड अस्पतालका भेन्टीलेटर र आईसीयु अझै केही महिना सञ्चालनमा नआउने पक्का जस्तै छ ।
स्रोतः गोरखापत्र अनलाइन






