२०८३ भाद्र ३० मंगलवार ०३

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले बुधबार बताउनु भएको छ । सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जनाउनु भएको छ । अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरु खुल्ला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ । अनुमानित दुई–तीन हजार व्यक्ति र करीव ३०० परिवारहरू निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताउनु भएको छ । करिब ७० लाख अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजात विहीन आप्रवासीहरू , हाल विदेशमा बसिरहेका छन्, जसमध्ये सबैभन्दा बढी इरान र पाकिस्तानमा रहेका छन् ।

२०८२ असार १२, बिहीबार १५:३६ गते 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।