२०८३ असार २ मंगलवार ०१

विहीबारदेखि टर्किस् एयसलाइन्सले सातामा एक दिन उडान शुरु गर्ने

काठमाडौं ।

केही देशमा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णयसँगै टर्किस् एयसलाइन्सले विहीबारदेखि नेपालमा उडान शुरु हुने भएको छ ।

टर्की, कतार र चीनमा उडान खुल्ला गर्ने निर्णयसँगै टर्किस एअरलाइन्सले विहिबारदेखि सातामा एउटा उडान गर्ने अनुमती दिईएको नागरिक उड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोख्रेलले जानकारी दिनुभयो ।

कतार एआरलाइन्सले भने आधिकारिक जानकारी नदिएपनि यसै सातादेखि उडान शुरु गर्ने बुझिएको पोख्रेलले जानकारी दिनुभयो ।

यता चीन र नेपाल एअरलाइन्सले भने उडान बारे जानकारी नदिएको उहाँको भनाई छ ।

नेपाल एअरलाइन्सले कतार र चीनमा सातामा एक/एक वटा उडान गर्ने छन् भने टर्की, कतार र चीनमा भने सातामा एउटा मात्र उडान गर्ने गरी अनुमती दिने तयारी गरेको प्राधिकरणको तयारी छ ।

अन्य देशहरुमा पनि आवश्यकता र माग अनुसार उडान गर्न सक्ने भए पनि सम्वन्धित देशलेनै बन्द गरे पछि उडान खुल्ला गर्ने विषयमा विकल्प नभएको प्राधिकरण प्रमुख पोखरेलले बताउनुभयो ।

चीन सरकारले उडान गर्ने विषयमा भने परराष्ट्र मन्त्रालयबाट जानकारी पठाइ सकेको र कुन क्षेत्रमा कुन एअरलाइन्सले उडान गर्ने भन्ने यकिन गर्न पत्र पठाएको समेत प्राधिकरणले जनाएको छ ।

चीनमा नियमित उडान नहुदाँ चीन सरकारकाे अनुदान सहयोगमा नेपालले प्राप्त गरेको स्वास्थ्य सामाग्री पनि हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले चार्टड उडानबाट ल्याएने गरेका छन्।

प्राधिकरणले आन्तरिक उडान गर्ने विषयमा निर्णय गरेको छैन । सरकारले आन्तिरिक उडान अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

 

 

स्रोतः गोरखापत्र अनलाइन

२०७८ जेष्ठ १८, मंगलवार ०६:२७ गते 1 Minute 602 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।