काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न कम्पनीका १४ करेडा रुपैयाँको सेयर रहेको उल्लेख छ । साथै गभर्नर पौडलसँग ४५ तोला सुन र १५ लाख बराबरको हिरा रहेको उनले सार्वजनिक गरेको विवरणमा छ ।
यसैगरी भैसेपाटीमा पौने दुई करोड बराबरको घर र नवलपरासीको गैँडाकोटमा ६० लाख मूल्य पर्ने घरजग्गा रहेको पनि विवरणमा उल्लेख छ । साथै विभिन्न बैंक खातामा गरी नगद २७ लाख रुपैयाँ रहेको विवरणमा छ ।







