काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । टेलफिोन वार्तामा प्रधानमन्त्रीले सदन सञ्चालनको लागि सहयोग गर्न प्रचण्डलाई आग्रह गरे । गृहमन्त्रीको राजिनामा माग गर्दै आएका विपक्षी दलहरुले संसद अवरोध जारी राखेपछि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल माओवादीसँग सहयोग मागेका हुन् । तर प्रचण्डल भने गृहमन्त्रीको राजिनामा नभई संसद चल्न नदिने अडान सुनाएका थिए ।






