२०८३ भाद्र ३० मंगलवार १६

गभर्नर सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफल लगत्तै गभर्नर सिफारिस समितिको बैठक डाकिएको छ । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिको बैठकले गभर्नर सिफारिसको काम गर्ने छ । दुई महिना अघि समिति बने पनि बैठक पनि आज पहिलो पटक बस्न लागेको हो । गभर्नरको विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच सहमती नहुँदा सिफारिस समितिको बैठक बस्न सकेको थिएन । यसअघि समितिमा रहेका पूर्व गभर्नरले बैठक बस्न नसकेको भन्दै राजिनामा दिइसकेका छन् । उनको ठाउँमा पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेको थियो । त्यसैगरी अर्का सदस्य विश्व पौडेल गभर्नरको दौडमा रहेपछि उनले पनि समितिबाट राजिनामा दिइसकेका छन् ।   पौडेलको ठाउँमा डाक्टर पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरिएको छ ।

२०८२ जेष्ठ ६, मंगलवार १४:४६ गते 0 Minutes 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।