२०८३ असार २ मंगलवार ०९

नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।
आज तीन सय २० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४९३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० दशमलव ६३ को कारोबार भएको हो । आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।

२०८२ जेष्ठ १, बिहीबार १८:०० गते 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।