२०८३ बैशाख १६ बुधबार १५

विराटनगर महानगरपालिकाको बेरुजु शून्य दशमलव ३२ प्रतिशत

विराटनगर । छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०र८१ मा विराटनगर महानगरको रु छ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षण हुँदा जम्मा रु दुई करोड आठ लाख ५७ हजार मात्र बेरुजु देखिएको हो । आव २०८०र८१ मा रु २१ करोड बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७र७८ मा रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकामा आव २०७८र७९ मा रु २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो ।

जसमा आव २०७८र७९ मा रु एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो । २०७८र७९ सम्म कूल बेरुजु रु ७६ करोड नौ लाख ७२ हजार रहेकामा आव २०७९र८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा रु २३ करोड ८३ लाख फछ््र्यौट गरिएको थियो ।

आव २०७९र८० सम्म कूल बेरुजु रु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०र८१ मा रु दुई करोड आठ लाख थपिएको र रु २१ करोड फछ्र्यौट भई आव २०८०र८१ मा जम्मा रु ३१ करोड ४६ लाख २५ हजार बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिए ।
गत तीन आर्थिक वर्षको महानगरको कूल बेरुजु रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उनको भनाइ थियो ।

आव २०७९र८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु रहेकामा २०८०र८१ मा रु दुई करोड आठ लाख मात्रै बेरुजु देखिएको छ । जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो ।

२०८२ जेष्ठ १, बिहीबार १७:२३ गते 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार