२०८३ बैशाख १६ बुधबार १६

मखनटोलमा लागेको आगो नियन्त्रण्मा, एकजनाको मृत्यु

काठमाडौँ, ३१ वैशाखः काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।

काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उनले भने, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।”

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।

२०८२ बैशाख ३१, बुधबार १०:५४ गते 0 Minutes 76 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार