२०८३ असार २ मंगलवार १३

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी) का सहभागीले आज भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी)का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए ।
यसैगरी, नेपाली प्रतिनिधिका रुपमा (आइएससी)का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी एमालेका सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए ।

२०८२ बैशाख ३०, मंगलवार १३:०६ गते 0 Minutes 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।