काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । लामो समय नेपालको बामपन्थी आन्दोलनमा रहेका नेता नेपालको आज निधन भएको हो । नेता नेपाल ७१ वर्षका थिए । लामो समयदेखि बिरामी रहेको नेता नेपालको उपचारका क्रममा नर्भिक अस्पतानलमा निधन भएको हो । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई समर्थन गरेका थिए । यद्यपी स्वास्थ्यका कारण भने सक्रिय राजनीतिमा उनी थिएनन् ।






