२०८३ बैशाख १६ बुधबार १६

सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन नसकेकाले यथासीघ्र सम्पन्न गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।

सांसद घनश्याम रिजालले दोलखाको लामाबगर फलाक नाकाले आयात र निर्यात तथा पर्यटनको माध्यमबाट लाभ लिन सक्ने उल्लेख गर्दै सञ्चालनमा ल्याउन माग गरे । सांसद पूजा चौधरीले सुशान्त वली र प्रिसा साहको मृत्युप्रति समवेदना व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।
सांसद रुकमणि कोइरालाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका घटना बढेकाले नियमन हुन आवश्यक रहेको बताइन् । सांसद रेणु चन्दले अछामको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएको आगलागीले जनधनको क्षति पुगेकाले अस्थायी आवास र बजार पुनःस्थापन गर्न माग गरिन् ।
सांसद विष्णुकुमारी सापकोटाले वर्खायाम सुरु हुन लाग्दा सडक निर्माण चाँडो हुनुपर्नेमा जोड दिइन् ।

२०८२ बैशाख २२, सोमबार १५:२२ गते 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार