काठमाडौँ । आगामी बजेट बारे अर्थमन्त्री विष्णु पौडेलले छलफल गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका हुन् । अर्थमन्त्री पौडेलले आगामी बजेटबारे देउवा निवास पुगेर छलफल गरेका हुन् ।
भेटमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।







