२०८३ असार १ सोमबार २१

रेलका लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट

काठमाण्डाै ।

सरकारले रेल सेवाका लागि १० अर्ब तीन करोड रुपैयाँ विनियोजन गरेको छ ।

आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले रेलको बजेटबारेमा जानकारी गराउनुभएको हो ।

आउँदाे आर्थिक वर्ष जयनगर–जनकपुर–कुर्ता–बिजलपूरा र जोगवनी–विराटनगर खण्डमा रेल सेवा सुरु गर्ने, बर्दिबास स्टेशनको निर्माण सुरु गर्ने, काठमाण्डाैमा मेट्रो रेलको सम्भाव्यता अध्ययन लगायतका कार्यक्रम समेटिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ ।

चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

२०७८ जेष्ठ १५, शनिबार १२:२४ गते 0 Minutes 710 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।