२०८३ बैशाख १६ बुधबार १६

उडिसा किट कलेजमा फेरि अर्की नेपाली छात्रा मृत भेटिइन्

काठमाडौं । भारत उडिसामा फेरि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । त्यहाँस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएकी हुन् । उनको निधनबारे कारण खुलिसकेको छैन । साह विरगञ्ज निवासी हुन् ।
यसअघि गत वर्ष फागुनमा पनि केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । भैरहवाकी लम्सालले मानसिक दुर्व्यवहार र ब्ल्याकमेलका कारण आत्महत्या गर्नुपरेको सुसाइड नोट भेटिएको थियो ।

२०८२ बैशाख १८, बिहीबार २२:०० गते 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार