काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् ।अनधिकृतरुपमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ पत्र काटेको आरोपमा विष्ट पक्राउ परेका हुन् । पार्टी एकतामा पुगेका चौधरी अदालतको आदेश भन्दै एकाएक पक्राउ परेपछि पत्रबारे खोजीनीति भएको हो । अहिले विष्टलाई अदालतबाटै पक्राउ गरी प्रहरी परिसर काठमाडौं लगिएको छ । उनले टिकापुर घटनाका मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।






