२०८३ भाद्र ३० मंगलवार ०३

आइसियू, भेन्टिलेटर खरिद गर्न ४ अर्ब विनियोजन

सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेको प्रबन्ध गरिएको जनाएको छ।

यस्तै सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भनिएको छ।

साथै कोभिड-१९ महामारी अवधिभर उद्योगहरूलाई अक्सिजन उत्पादन गर्न लाग्ने बिजुली महसुलमा ५० प्रतिशत छुट दिइने पनि जनाइएको छ।

सरकारले कोभिडविरूद्धको औषधि आयात गर्दा लाग्ने भन्सार महशुलमा पनि छुट दिने जनाएको छ।
साथै कोरोना उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत्त तथा इन्टर्नसिपमा रहेका चिकिसत्सक, नर्सलाई तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एक वर्ष करारमा खटाउने व्यवस्था मिलाइएको छ।

२०७८ जेष्ठ १५, शनिबार ११:४१ गते 1 Minute 495 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।