२०८३ असार १ सोमबार २१

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार १६ खर्ब हाराहारी हुने अनुमान छ।

मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागेको हो।

यस आर्थिक वर्षका लागि गत जेठमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए।

 

स्रोतः सेतोपाटी

२०७८ जेष्ठ १५, शनिबार ०९:०० गते 1 Minute 737 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।