२०८३ असार २ मंगलवार ०१

फेसबुकमा पूर्व डिएसपीकाे हर्कतप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण

काभ्रे- अन्य व्यक्तिको फोटो फेसबुकमा राखेर नमोबुद्ध नगरपालिकाका नगर प्रमुख हो भन्दै किटान गरी गलत स्टाटस लेखेर भ्रम सिर्जना गर्न खोज्ने पूर्व डिएसपी कृष्ण शिवाकोटीको हर्कतप्रति नमोबुद्ध नगरपालिकाले आपत्ति जनाएको छ ।

उक्त विषयको खण्डन गर्दै नमोबुद्ध नगरपालिकाले विज्ञप्ती सार्वजिक गरेको छ।

के छ विज्ञप्तीमा ?

प्रस्तुत विषयमा हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोश्रो भेरिएन्टको संक्रमणलाई नमोबुद्ध नगरपालिकाले आफूसँग भएको श्रोत र साधनको अधिकतम प्रयोग गरी रोकथाम तथा नियन्त्रणका सम्पूर्ण कार्यहरु गरिरहेको व्यहोरा सर्वविदितै छ ।

यस कोरोना महामारी रोकथाम तथा नियन्त्रणका साथै नगरबासीको सेवामा अहोरात्र समर्पित हुँदै गर्दा यस नगरपालिकाका आदरणीय नगर प्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरु लगायतका केहि जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भई उपचार्थ रहेको अवस्थामा श्री कृष्ण सिवाकोटी (https://www.facebook.com/krishna.shiwakoti.1) फेसबुक आईडीबाट सामाजिक संजालको दुरुपयोग गरी भ्रामक समाचार सम्प्रेषण गरिएको हुँदा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल प्रहरी जस्तो गौरवमय संगठनको पूर्व प्रहरी नायव उपरीक्षक जस्तो पदमा रहनुका साथै कलाकारीताका क्षेत्रमा राष्ट्रको नजरमा परेको कलाकारवाट यस विषम परिस्थितिमा नगरबासीहरुमा सकरात्मक सन्देशहरु सम्प्रेषण गर्नुको सट्टा जनतालाई गलत सूचना प्रवाह गरी नगरप्रमुख तथा नगरपालिका परिवारको चरित्र हत्या गरी नगरको गरिमा समेत आँच आउने गरी यस्ता कृयाकलापहरु गरिएको हुँदा सो कार्य तुरुन्त बन्द गरी सार्वजनिक रुपमा क्षमायाचना गर्नहुन सम्बन्धित व्यक्ति श्री कृष्ण सिवाकोटलाई जानकारी गराईन्छ ।

यस्ता कृयाकलापहरुका सन्दर्ममा नगरपालिकाले प्रचलित कानुन बमोजिम कारवाही प्रकृया अगाडी बढाउने व्यहोरा सादर अनुरोध छ।

२०७८ जेष्ठ १५, शनिबार ०८:०५ गते 1 Minute 1790 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।