२०८३ असार २ मंगलवार ०२

अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने

काठमाडौं ।अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने भएको छ । इलोन मस्क नेतृत्वमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज) ले अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं बन्द गर्ने निर्णय गरेको हो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै एमसीसी परियोजनाबारे प्रश्न उठेको थियो । पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले विश्वमा आर्थिक वृद्धि र गरिबी घटाउन एमसीसी अनुदान संस्था स्थापना गरेका थिए।

नेपाल यो परियोजना कार्यान्वयन भर्खरै सुरु भएको थियो। यसअघि गत जनवरी २० मा अमेरिकाले तत्काललाई ९० दिनका लागि सबैखाले अमेरिकी वैदेशिक सहयोग रोक्ने
निर्णय गरेको थियो ।

अमेरिकाले यसअघि नै यूएसएड सहयोग कार्यक्रम बन्द गरिसकेको छ।

२०८२ बैशाख ११, बिहीबार ११:३५ गते 0 Minutes 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।