२०८३ असार २ मंगलवार ०२

जम्मु–कश्मिरमा एक नेपालीसहित २६ मारिए

काठमाडौं । भारतको जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। हमलामा १७ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीको पनि मृत्यु भएको छ । नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको बताइए पनि उनको थप विवरण उपलब्ध गराइएको छैन । मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको बताइएको छ ।

२०८२ बैशाख १०, बुधबार १०:५० गते 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।