काठमाडौं । सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको छ । यो सँगै तोलाको मुल्य बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ ।
अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । सुनको आजको मुल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकोले नेपालमा पनि भारी मात्रामा मुल्य बढेको हो ।
सुन सँगै चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ ।






