२०८१ फाल्गुन २ शुक्रबार ११

म माओवादी हुँ भन्न अफ्ठ्यारो लाग्ने अवस्था पनि आयोः प्रचण्ड

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी बेला बेलामा चिप्लिएको बताएका छन् । कहिले दाँया कहिले बायाँ गर्दा चिप्लिएको उनले स्वीकार गरे । चितवनको एक कार्यक्रमा उनले भने, ‘पहिला बीचमा हामी चिप्लिँदै गर्दा, जनतासँगको सम्बन्ध बलियो बनाउन नसक्दा माओवादी भनेर छाति खोलेर भन्न पनि अप्ठेरो अप्ठेरो हुने भएको थियो । अहिले विस्तारै आफूलाई माओवादी भन्न गर्व गर्नसक्ने स्थिति आएको छ, ।’
‘हामीले बीचमा केही कमजोरी पनि गर्‍यौं । ठाउँ ठाउँमा चिप्लियौं पनि । नयाँ बाटो हिन्दा अलिअलि चिप्लिने हुँदो रहेछ । हामी उद्देश्यबाट चिप्लिएको त होइन । तर कहिले बाँया चाल्नुपर्नेमा दायाँ र दायाँ चाल्नुपर्नेमा बायाँ चालेको कारणले पनि हामी चिप्लियौं ’ प्रचण्डको स्वीकारोक्ती छ ।

अहिले भने माओवादी प्रति सकारात्मक भाइब्स आएको उनले बताए । सरकारमा गएर राम्रो काम गरेकाले माओवादीप्रति जनता सकारात्मक भएको उनको भनाइ थियो । माओवादीहरु विभाजित हुँदा यस्तो भएको बताउदै अब जनतामा जागरण आइसकेको पनि उनको भनाइ थियो ।

२०८१ मंसिर २७, बिहीबार १६:२२ गते 1 Minute 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।