२०८१ फाल्गुन २ शुक्रबार ११

इजरायल र हिजबुल्लाहबीच विगत १३ महिनादेखि चलिरहेको युद्धविरामको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौताको घोषणा गरेका छन् ।

यससँगै इजरायल र हिजबुल्लाहबीच विगत १३ महिनादेखि चलिरहेको युद्ध रोकिनेछ ।

अमेरिका र फ्रान्सको संयुक्त विज्ञप्तिमा भनिएको छ कि यो सम्झौताले लेबनानमा चलिरहेको युद्धलाई रोक्ने र इजरायलमा हिजबुल्लाह र अन्य आतंकवादी संगठनहरूद्वारा आक्रमणको खतरालाई निषेध गर्ने बिबिसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकारहरूलाई  यो सम्झौता स्थायी युद्धविरामको रूपमा ल्याइएको बताए ।  युद्धविरामको शर्त अनुसार हिजबुल्लाहले ६० दिन भित्र ब्लू लाइनबाट आफ्ना लडाकु र हतियार फिर्ता लिनेछ।

२०८१ मंसिर १२, बुधबार १८:३३ गते 0 Minutes 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।