२०८३ भाद्र ३१ बुधबार ०७

नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै सेक्टरमा छायो हरियाली

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्च नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलब २४ प्रतिशत अर्थात ३३ दशमलब ४१ अंकले बढेर २ हजार ७१६ दशमबल ६६ विन्दुमा पुगेको छ । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्षको रुपमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसँगै पहिलो दिन नै बजारमा दोहोरो अंकको बढोत्तरी भएको हो । यो दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । अघिल्लो दिन भने ६ अर्ब ३४ करोड बढीको सेयर कारोबार भएको थियो । आज सबै सेक्टरमा हरियाली छाएको छ । कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ।

२०८१ मंसिर ११, मंगलवार १५:४५ गते 0 Minutes 300 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।