२०८३ असार २ मंगलवार ०९

एकै दिनमा १५ हजार घट्यो सुनको मुल्य

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ११५ रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको सुनको मुल्य बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य ११५ रुपैयाँले घटेको छ । चाँदीको प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्य घटेको हो । सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो । मन्त्रिपरिषद्को बैठकले १० प्रतिशतविन्दुले घटाएर भन्सार दर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको हो ।

२०८१ मंसिर १०, सोमबार १३:०२ गते 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।