२०८३ भाद्र ३० मंगलवार ०१

बनेपा र पनौती नगरलाई स्वास्थ्य सामग्री सहयोग

बनेपा- प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ्ग डोल्मा फ़ाउण्डेशनद्वारा आज बनेपा नगरपालिका र पनौती नगरपालिकालाइ २/२ थान अक्सिजन कन्सनट्रेटर, २०/२० थान पीपीइ र ५/५ थान अक्सिमिटर उपलब्ध गराएको छ।

सु-प्रसिद्द गायिका एवं समाजसेवी आनी छोइङ्ग डोल्मा डोल्मा र सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रि तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष इश्वरी ओझा एवं नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना सहितको टोलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

बनेपाका प्रमुख कार्यकारी अधिकृत कविराज उप्रेती तथा पनौतीका प्रमुख कार्यकारी अधिकृत इन्द्र प्रसाद अधिकारीलाइ उक्त सामाग्री हस्तान्तरण गरियो।

नेपाल पत्रकार महासंघ काभ्रेको समन्वयमा काभ्रेका स्थानीय तहले संचालन गरिरहेका आइसोलेसन केन्द्र एवं अस्पतालहरुमा यी संस्थाले सहयोग गरिरहेका छन्।

यस अघी काभ्रेमा प्रारम्भ र आनी छोइङ्ग डोल्मा फ़ाउण्डेशनले धुलिखेल र पाँचखाललाइ सहयोग गरिसकेको छ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल लाइ उक्त सामाग्री हस्तान्तरण गरेको प्रारम्भले जनाएको छ।

प्रारम्भका अध्यक्ष समेत रहेकी सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिका अनुसार काभ्रेका अन्य आइसोलेसन तथा अस्पताललाइ समेत सहयोग गर्ने योजना रहको बताएकी छिन्।

विपत्ति र महामारीमा जनस्वास्थ्य र जनताको जिउज्यानसंग प्रत्यक्ष सरोकार राख्ने यस्तो बिकराल अवस्थामा सामाजिक उत्तरदायित्व बहन गर्ने जिम्मेवारी स्वरुप नडराई सेवा गर्न आफुहरु फिल्डमा आएको गायिका आनी छोइङ्ग डोल्माले बताइन।

२०७८ जेष्ठ १४, शुक्रबार १३:४९ गते 1 Minute 1011 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।