२०८३ बैशाख १६ बुधबार ११

‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने

नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ ।

यो शोको प्रशारण २ साताअघि रोकिएको थियो ।

शोमा सहभागी केही प्रतिस्पर्धी र ३ जना कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो ।

२ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो ।

तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको वुझिएको छ । यो शोका निर्देशक लक्ष्मण पौडेलले आउँदो साताबाट शोको प्रशारण आरम्भ हुने जानकारी दिएका छन् ।

दर्शकले निकै मन पराएको यो शोको १८ भाग प्रशारण भैसकेको छ ।

हिमालय टीभी एचडीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

तर, २ साता अगाडि कोरोनाको जोखिम बढेपछि शोको प्रशारण रोकिएको थियो ।

शोको ‘ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड’ सकिएको छ । आउँदो साताका लागि प्रशारण हुने भागको छायांकन भैसकेको बुझिएको छ ।

 

स्रोतः अनलाइन खबर

२०७८ जेष्ठ १४, शुक्रबार ०८:४२ गते 1 Minute 577 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार