२०८३ भाद्र ३१ बुधबार २३

क्रिकेटमा महिला खेलाडीले प्राप्त गरेको सफलता गौरवपूर्णः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समय महिला खेलाडीले खेलकुदका विभिन्न विधामा गरेको प्रतिस्पर्धा तथा प्राप्त सफलता नेपाल र नेपालीका लागि गौरवपूर्ण रहेको बताएका छन्।

अध्यक्ष दाहालले खेल क्षेत्रको सफलताको इतिहासमा आज फेरि एक आयाम थपिँदै इतिहास कोर्न सफल भएको उल्लेख गरेका छन्।

आज साँझ युएईलाई पराजित गर्दै आइसिसी महिला यु–१९ टी–२० विश्वकपका लागि नेपाल छनोट भएपछि अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सफलताको इतिहासमा आज फेरि एक आयाम थपिएको छ। पहिलोपटक आइसिसी यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट भएर देशको गौरव बढाएको छ।’

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

 

२०८१ कार्तिक २८, बुधबार २१:१३ गते 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।