२०८३ बैशाख १६ बुधबार ११

बानका अध्यक्ष न्यौपानेको कोरोना संक्रमणबाट निधन

मोरङ ।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष ५० वर्षीय चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ ।

वैशाख २८ गते भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार बिहान ८:२५ बजे मृत्यु भएको विराट मेडिकल शिक्षण अस्पतालका कोभिड इन्चार्ज डा. सुनील देवले बताए ।

सुनसरीको इटहरी उपमहानगर–४ घर भएका न्यौपाने नेपाल विज्ञापन बोर्डका सदस्यका साथै सप्तकोसी एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर थिए । उनका पत्नी, एक छोरा र एक छोरी छन् ।

स्रोतः कान्तिपुर
२०७८ जेष्ठ १४, शुक्रबार ०४:५८ गते 0 Minutes 451 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार