
कपिलवस्तु।
जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले घुससहित पक्राउ गरेको छ ।
जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे पक्राउ परेका छन् । उनीहरुले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको थिए । उनीहरुलाई कपिलवस्तुको गौढी चोकस्थित चिया पसलबाट घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग बुटवलले जनाएको छ ।
घुस रकम अपरेटर पाण्डेयको साथबाट बरामद भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।