काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।
पक्राउ गर्न गएका प्रहरीलाई अधिकारीले कानुनलाई आफूले सहयोग गर्ने बताएका थिए । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो । अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ ।






