२०८३ असार २ मंगलवार १७

अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द

काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने भएको छ । राति १० बजेदेखि बिहान ८ बजेसम्म त्रिभुवन विमानस्थल बन्द हुने भएको हो । विमानस्थलको स्तरउन्नती भन्दै करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने छ । विमानस्थल बन्द हुने भएसँगै एयरलायन्स कम्पनीहरुले आ आफ्नो उडान तालिका पनि परिवर्तन गरेका छन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ। यसअघि विमानस्थल विहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

२०८१ कार्तिक २३, शुक्रबार ०८:०७ गते 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।