२०८३ असार २ मंगलवार १७

बस  र माइक्रो ठोक्किदा ४ जनाको मृत्यु

काठमाडौं । नारायणगढ मुग्लिन सडकको सत्रकिलोमा बस र हायस ठक्कर खादा ४ जनाको मृत्यु भएको छ । आज विहान ३ बजे भएको उक्त दुरघटनामा हायस माइक्रोमा सवार ४ जनाको मृत्यु भएको हो ।
चितवन प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको बा. प्र. ०६-००१ज ०२९८ नं. को ई. भि. हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख २८१२ नं.को बस एक आपसमा ठक्कर खाएका हुन् । बस चालक जिल्ला मकवानपुर हेटौडा  ९ बस्ने बर्ष ४४ का सुर्य बिक्रम बिष्ट नियन्त्रणमा छन्। दुर्घटनामा परी मृत्यु भएका मध्ये गोरखाका आरुघाटका राजबहादुर गुरुङको मात्रै सनाखत भएको छ । अन्य मृतक एक महिला र अन्य दुई पुरुषको भने सनाखत हुन सकेको छैन । मृतक सबै हायस माइक्रोमा सवार हुन् ।

२०८१ कार्तिक २३, शुक्रबार ०७:०८ गते 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।